YouVersion लोगो
खोज आइकन

१ तिमोथी 4:13-16

१ तिमोथी 4:13-16 NNRV

म नआउञ्‍जेलसम्‍म धर्मशास्‍त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्‍यान देऊ। तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्‍डरहरूले तिनीहरूका हात तिमीमाथि राख्‍दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो। यी कर्तव्‍यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्‌। आफ्‍नो विषयमा र आफ्‍नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्‍नेहरूलाई समेत बचाउनेछौ।