१ थेसलोनिकी 5:8-11

१ थेसलोनिकी 5:8-11 NNRV

तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्‍वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं। किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्‍ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँ हाम्रा निम्‍ति मर्नुभयो, ताकि हामी जागा बसौं वा सुतेका होऔं, हामी सबै उहाँकै साथमा जिउन सकौं। यसकारण एकले-अर्कोलाई प्रोत्‍साहन देओ, र एकले-अर्कोलाई दह्रिलो पार्ने काम गर, जस्‍तो तिमीहरू गर्दै पनि छौ।