YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:16-28

१ थेसलोनिकी 5:16-28 NNRV

सधैँ आनन्‍दित रहो। निरन्‍तर प्रार्थना गरिरहो। सबै परिस्‍थितिमा धन्‍यवाद देओ, किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका लागि परमेश्‍वरको इच्‍छा यही हो। पवित्र आत्‍मालाई ननिभाओ। अगमवाणीलाई तुच्‍छ नठान। सबै कुराको जाँच गर। जुन कुरा असल छ त्‍यसैमा दृढ़ रहो। सबै किसिमका खराबीबाट अलग बस। शान्‍तिका परमेश्‍वर आफैले सम्‍पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्‍याऊन्, र तिमीहरूका समस्‍त आत्‍मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा निष्‍कलङ्क रहून्‌। तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्‍य हुनुहुन्‍छ, उहाँले यो गर्नु नै हुनेछ। भाइ हो, हाम्रा निम्‍ति प्रार्थना गर। सबै भाइहरूलाई पवित्र चुम्‍बनले अभिवादन गर। म तिमीहरूलाई प्रभुमा अनुरोध गर्दछु कि यो पत्र पढ़ेर सबै भाइहरूलाई सुनाइदेओ। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूमा रहोस्‌।

१ थेसलोनिकी 5:16-28 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति