YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 4:3-8

१ थेसलोनिकी 4:3-8 NNRV

किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस। पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान, तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस। यस विषयमा कसैले अपराध गरेर आफ्‍नो भाइलाई खराबी नगरोस्, किनकि यस्‍ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्‍छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्‍भीर चेताउनी दिएका छौं। किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको निम्‍ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ। यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्‍यसले मानिसको होइन, तर परमेश्‍वरको अवहेलना गर्छ, जुन परमेश्‍वरले तिमीहरूलाई आफ्‍ना पवित्र आत्‍मा दिनुहुन्‍छ।