१ शमूएल 2:22-25
१ शमूएल 2:22-25 NNRV
एली अब साह्रै वृद्ध भएका थिए, र उनका छोराहरूले सारा इस्राएलमाथि कस्तो व्यवहार गर्दछन् भनी उनले सुने। भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूसँग सहवास गरेका कुरा पनि उनले सुने। यसकारण उनले तिनीहरूलाई भने, “तिमीहरू किन यस्तो काम गर्दछौ? तिमीहरू दुष्ट व्यवहार गर्दैछौ भन्ने कुरा म सबै मानिसहरूका मुखबाट सुन्दैछु। होइन, मेरा छोरा हो, जे म सुन्दैछु, परमप्रभुका मानिसहरूका बीचमा फैलिएको यस्तो कुरो असल छैन। यदि मानिसले मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले हस्तक्षेप गर्नुहोला। तर यदि मानिसले परमेश्वरको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले बोलिदिने?” यी सबै कुरा सुने तापनि तिनीहरूले आफ्ना पिताका कुरामा ध्यान दिएनन्, किनभने तिनीहरूलाई मार्ने परमप्रभुको इच्छा थियो।

