YouVersion लोगो
खोज आइकन

१ शमूएल 1:1-8

१ शमूएल 1:1-8 NNRV

रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्‍काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए। हन्‍नाह र पनिन्‍नाह नाउँका तिनका दुई पत्‍नी थिए। पनिन्‍नाहका छोराछोरीहरू थिए, तर हन्‍नाह निस्‍सन्‍तान थिइन्‌। एल्‍काना वर्षेनी शीलोमा सर्वशक्तिमान्‌ परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्‍नो सहरबाट उक्‍लेर जाने गर्थे। त्‍यहाँ एलीका दुई छोरा, होप्‍नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए। बलिदान चढ़ाएको दिन एल्‍कानाले आफ्‍नी पत्‍नी पनिन्‍नाह र यिनका सबै छोराछोरीहरूलाई भेटीको भाग दिन्‍थे, तर हन्‍नाहलाई दोबर भाग दिन्‍थे, किनभने एल्‍कानाले तिनलाई प्रेम गरे, र परमप्रभुले तिनको गर्भ रोक्‍नुभएको थियो। तिनका छोराछोरी नभएका हुनाले हन्‍नाहकी सौताले तिनलाई दु:ख दिने र खसालेर कुरा गर्ने गर्थिन्‌। साल-सालै यस्‍तो हुन्‍थ्‍यो। जब हन्‍नाह परमप्रभुको भवनमा जान्‍थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउन्‍जेल इख्‍याउँथिन्‌। तिनका पति एल्‍कानाले तिनलाई भन्‍थे, “हन्‍नाह, तिमी किन रोइरहेकीछ्यौ र केही पनि खाँदिनौ? तिमी किन यति दु:खित छ्यौ? के म तिम्रो निम्‍ति दश जना छोराहरूभन्‍दा पनि बढ्‌ता छैनँ र?”