तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ। तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर। तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्ने र ख्रीष्टमा तिमीहरूका चालचलनको निन्दा गर्नेहरू लज्जित होऊन्। यदि परमेश्वरको यस्तै इच्छा छ भने, खराबी गरेर दुःख भोग्नुभन्दा भलाइ गरेर दुःख भोग्नु नै असल हो। किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति— तर आत्माद्वारा जीवित पारिनुभयो।
१ पत्रुस 3 पढ्नुहोस्
सुन्नुहोस् १ पत्रुस 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ पत्रुस 3:14-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू