YouVersion लोगो
खोज आइकन

१ राजाहरू 2:2-4

१ राजाहरू 2:2-4 NNRV

“संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ, र परमप्रभु आफ्‍ना परमेश्‍वरतिरको आफ्‍नो कर्तव्‍य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्‍यवस्‍थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्‍छौ, त्‍यसमा तिम्रो उन्‍नति होस्, र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्‌: ‘यदि तेरा सन्‍तानले आफू कसरी रहनुपर्छ भनी ध्‍यान गरे र यदि तिनीहरू आफ्‍ना पूरा हृदय र प्राणले मेरो दृष्‍टिमा विश्‍वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्‍यै अभाव हुनेछैन’।