YouVersion लोगो
खोज आइकन

१ राजाहरू 18:19-24

१ राजाहरू 18:19-24 NNRV

अब तपाईंले मलाई कर्मेल डाँड़ामा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्‌। अनि बालका ती चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्ता, जसले ईजेबेलको टेबिलमा बसेर खाने गर्दछन्, ती पनि ल्‍याएर आउनुहोस्‌।” यसैले आहाबले समस्‍त इस्राएलीहरूमा समाचार पठाए, र सबै अगमवक्ताहरूलाई कर्मेल डाँड़ामा भेला गराए। एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्‍म दोधारमा बसिरहन्‍छौ? यदि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्‍यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्‌। तब एलियाले तिनीहरूलाई भने, “परमप्रभुका अगमवक्ताहरूमा त केवल म मात्र बाँकी रहेको छु, तर बालका त चार सय पचास अगमवक्ताहरू छन्‌। अब हाम्रा निम्‍ति दुई वटा साँढ़े ल्‍याओ। उनीहरूले आफ्‍ना निम्‍ति एउटा छानेर टुक्रा-टुक्रा गरी काटेर आगो नलगाईकन दाउरामाथि राखून्‌। अनि मचाहिँ त्‍यो अर्कोलाई तयार गरेर आगो नलाईकन दाउरामाथि राख्‍नेछु। तब तिमीहरू आफ्‍नो देवता पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु। त्‍यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्‍छ, त्‍यही नै परमेश्‍वर हुनुहुन्‍छ।” तब सबै मानिसहरूले भने, “तपाईंले भन्‍नुभएको कुरा असल हो।”