तापनि सोलोमन राजाले फारोकी छोरीबाहेक धेरै विदेशी स्त्रीहरू, मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्ती स्त्रीहरूसित प्रेम गरे। तिनीहरू ती जाति-जातिहरूका थिए, जसका विषयमा परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीहरूले तिनीहरूसित पारस्परिक विवाह गर्नुहुँदैन, किनभने तिनीहरूले निश्चय नै तिमीहरूका हृदय तिनीहरूकै देवताहरूतिर बहकाउनेछन्।” तर पनि सोलोमन तिनीहरूप्रति प्रेममा ज्यादै मोहित भए। तिनका सात सय राजकुमारी पत्नी र तीन सय उपपत्नीहरू थिए, र तिनीहरूले तिनको हृदयलाई बहकाइदिए। सोलोमन वृद्ध हुँदा तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ फर्काइदिए, र तिनका आफ्ना पिता दाऊदझैँ सम्पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरका भक्त भएनन्।
१ राजाहरू 11 पढ्नुहोस्
सुन्नुहोस् १ राजाहरू 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजाहरू 11:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू