येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं। परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो। गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्वरको गवाही झन् उच्च छ। किनकि यही नै परमेश्वरको गवाही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन।
१ यूहन्ना 5 पढ्नुहोस्
सुन्नुहोस् १ यूहन्ना 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ यूहन्ना 5:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू