YouVersion लोगो
खोज आइकन

१ यूहन्‍ना 1:1-4

१ यूहन्‍ना 1:1-4 NNRV

जीवनको त्‍यस वचनको विषयमा, जो सुरुदेखि थियो, जो हामीले सुनेका छौं, जो हाम्रै आँखाले हामीले देखेका छौं, जो हामीले हेर्‍यौं र हाम्रा हातले छोयौं, त्‍यो जीवन प्रकट भयो, र हामीले देख्‍यौं, र हामी गवाही दिन्‍छौं, र तिमीहरूलाई त्‍यस अनन्‍त जीवनको सन्‍देश सुनाउँछौं, जो पितासँग थियो, र हामीकहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई सुनाउँछौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्‌। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्‍टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं, कि हाम्रो आनन्‍द पूर्ण होस्‌।