किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्योचाहिँ वरदान होइनजस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ? तिमीहरू तृप्त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं! किनभने मलाई यस्तो लाग्दछ परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्नुभएकोछ। किनकि संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति हामी तमाशा भएका छौं। हामी ख्रीष्टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर। यस घड़ीसम्म हामी भोका र प्यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं। आफ्नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्छौं। सताइँदा हामी सहन्छौं। हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्छौं। अहिलेसम्म हामी संसारका फोहोर र पृथ्वीका कसिङ्गर बनेका छौं। तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्यारा बालकहरूलाई जस्तै अर्ती दिनलाई हो।
१ कोरिन्थी 4 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 4:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू