YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 14:4-6

१ कोरिन्थी 14:4-6 NNRV

अन्‍य भाषामा बोल्‍नेले आफ्‍नै आत्‍मिक वृद्धि गर्दछ। तर अगमवाणी बोल्‍नेले मण्‍डलीको आत्‍मिक वृद्धि गराउँछ। तिमीहरू सबै अन्‍य भाषा बोल भन्‍ने म चाहन्‍छु, तर त्‍यसभन्‍दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्‍छु। मण्‍डलीको आत्‍मिक वृद्धिको निम्‍ति कसैले अर्थ खोलिदिएन भने, अन्‍य भाषामा बोल्‍नेभन्‍दा अगमवाणी बोल्‍ने श्रेष्‍ठ हो। भाइ हो, यदि म तिमीहरूकहाँ अन्‍य भाषामा बोल्‍दैआएँ, तर तिमीहरूकहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमवाणी वा शिक्षा ल्‍याइनँ भने मबाट तिमीहरूलाई के फाइदा हुन्‍छ?