हामीले प्रभुको परीक्षा गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र सर्पहरूद्वारा नष्ट भएका थिए। हामीले गनगन गर्नुहुँदैन, जसरी तिनीहरूमध्ये कतिले गरे, र विनाशकबाट नष्ट भएका थिए। यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे र हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्, जसमाथि युग-युगको अन्त्य आइसकेको छ। यसकारण जसले खड़ा छु भनी सोचेको छ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ। मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ।
१ कोरिन्थी 10 पढ्नुहोस्
सुन्नुहोस् १ कोरिन्थी 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 10:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू