YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 1:20-25

१ कोरिन्थी 1:20-25 NNRV

बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र? संसारले आफ्‍नै बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्‍वास गर्नेहरूलाई बचाउन परमेश्‍वरले उचित ठहराउनुभयो। किनकि यहूदीहरू चिन्‍ह माग्‍छन्‌ र ग्रीकहरू बुद्धिको खोजमा छन्‌। तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्‍टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्‍ति बाधा र अन्‍यजातिहरूका निम्‍ति मूर्खता हो। तर ती बोलावट भएकाहरूका निम्‍ति, चाहे यहूदीहरू होऊन्‌ वा ग्रीकहरू होऊन्, ख्रीष्‍ट नै परमेश्‍वरको शक्ति र बुद्धि हुनुहुन्‍छ। किनभने परमेश्‍वरको मूर्खता मानिसहरूको बुद्धिभन्‍दा श्रेष्‍ठ छ, र परमेश्‍वरको दुर्बलता मानिसहरूको बलभन्‍दा शक्तिशाली छ।