यहूदाका सन्तान:
फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
शोबालका छोरा रायाहचाहिँ यहतका पिता थिए। यहतचाहिँ अहूमै र लहदका पिता थिए। सोरातीहरूका वंश यी नै थिए।
एतामका छोराहरू:
यिजरेल, यिश्मा, यिदबश। तिनीहरूकी बहिनीको नाउँ हस्सलेलपोनी थियो।
पनूएलचाहिँ गदोरका पिता, र एसेर हूशका पिता थिए। एप्रातका जेठा छोरा र बेथलेहेमका पिता हूरका सन्तान यी नै हुन्।
तकोका पिता अश्शूरका दुई पत्नीहरू थिए, हेलह र नारा।
नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन्। नाराका सन्तान यी नै थिए।
हेलहका छोराहरू:
सेरेथ, सोहोर, एतनान र कोस। कोसचाहिँ आनूब र हज्जोबेबा अनि हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए।
याबेस आफ्ना दाजुभाइहरूभन्दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ।” याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस्! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
शूहहका भाइ कलूब मेहीरका पिता थिए, र मेहीरचाहिँ एश्तोनका पिता थिए।
एश्तोनचाहिँ बेथ-रापा, पसेह र तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। यिनीहरू रेकाका मानिसहरू थिए।
कनजका छोराहरू:
ओत्निएल र सरायाह।
ओत्निएलका छोराहरू:
हतत र मोनोतै। मोनोतै ओप्राका पिता थिए। सरायाह योआबका पिता थिए, र योआब गे-हरशीमका पिता थिए। त्यहाँका मानिसहरू कारीगरहरू भएका हुनाले तिनको त्यही नाम राखियो।
यपुन्नेका छोरा कालेबका छोराहरू:
ईरू, एलाह र नआम।
एलाहका छोरा:
कनज।
यहललेलका छोराहरू:
जीप, जीपा, तीरया र असरेल।
एज्रहका छोराहरू:
येतेर, मेरेद, एपेर, यालोन। मेरेदले विवाह गरेका फारोकी छोरी बित्याहले मिरियम, शम्मै र एश्तमोका पिता यिश्बहलाई जन्माइन्। मेरेदकी यहूदी पत्नीचाहिँ गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएलकी आमा थिइन्।
होदियाहकी पत्नी नहमकी बहिनीका छोराहरू:
गेरेमी कीलाहका पिता र माकाती एश्तमो।
शिमोनका छोराहरू:
अमनोन, रिन्ना, बेन-हानान र तीलोन। यिशीका छोराहरू:
जोहेत र बेन-जोहेत।
यहूदाका छोरा शेलहका छोराहरू:
लेकाका पिता एर्, मारेशाका पिता लादा, अनि बेथ-अश्बेयामा मलमलका कपड़ा बनाउनेहरूका वंशहरू,
योकीम, कोजेबाका मानिसहरू, अनि योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्य गरे। (यो विवरण अति प्राचीन छ।) यिनीहरू कुमालेहरू थिए, जो नतैम र गदेरामा बस्थे र राजाको निम्ति काम गर्थे।