१ इतिहास 25
25
गवैयाहरू
1दाऊद र तिनका सेनापतिहरूले आसापका छोराहरू, हेमानका छोराहरू र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी कहने काममा खटाइदिए। यिनीहरूको सूची यस प्रकार थियो:
2आसापका छोराहरूबाट:
जक्कूर, योसेफ, नतन्याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्ने आसापको अधीनमा यिनीहरू थिए।
3यदूतूनका छोराहरूबाट:
गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह। यी छ जना आफ्ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्यवाद र स्तुति गर्दै अगमवाणी बोल्थे।
4हेमानका छोराहरूबाट:
बुक्कियाह, मत्तन्याह, उज्जीएल, शूबाएल, यरीमोत, हनन्याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्बाकाशा, मल्लोती, होतीर र महजीओत।
5यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरू तिनलाई उच्च पार्नका निम्ति परमेश्वरको प्रतिज्ञाहरूद्वारा दिइएका थिए। परमेश्वरले हेमानलाई चौध छोरा र तीन छोरी दिनुभयो।
6तिनीहरू सबै परमप्रभुको मन्दिरमा आफ्ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए। 7तिनीहरूका कुटुम्बहरूका साथमा सङ्गीतकारहरूको संख्या २८८ थियो। 8जवान र बूढ़ा, गाउनमा निपुण र सिकारु दुवैले तिनीहरूका कामको निम्ति चिट्ठा हाल्थे।
9पहिलो चिट्ठा, जो आसापको निम्ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्यो— १२ जना। दोस्रो चिट्ठा गदल्याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।
10तेस्रो चिट्ठा जक्कूर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
11चौथो यिस्री#25:11 अथवा सेरी
र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
12पाँचौँ नतन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
13छैटौँ बुक्कियाहको र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
14सातौँ यसरेला#25:14 अथवा असरेला र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
15आठौँ यशयाह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
16नवौँ मत्तन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
17दशौँ शिमी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
18एघारौँ अज्रेल#25:18 अथवा उज्जीएल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
19बाह्रौँ हशब्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
20तेह्रौँ शूबाएल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
21चौधौँ मत्तित्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
22पन्ध्रौँ यरीमोत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
23सोह्रौँ हनन्याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
24सत्रौँ योश्बाकाशा र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
25अठारौँ हनानी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
26उन्नाईसौँ मल्लोती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
27बीसौँ एलीआता र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
28एक्काईसौँ होतीर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
29बाईसौँ गिद्दलती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
30तेईसौँ महजीओत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
31चौबीसौँ रोममती-एजेर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।
अहिले सेलेक्ट गरिएको:
१ इतिहास 25: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012