दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै छ। परमप्रभुको निम्ति निर्माण गरिने भवन अत्यन्तै शोभायमान र सबै देशमा प्रसिद्ध र नाउँ चलेको हुनुपर्छ। यसकारण त्यो निर्माण गर्नलाई मैले नै सबै तयारी गर्नेछु।” यसैले आफ्नो मृत्युअघि नै दाऊदले प्रचुर सामान तयार गर्न लागे। तिनले आफ्ना छोरा सोलोमनलाई बोलाइपठाए, र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा भवन निर्माण गर्ने आज्ञा दिए। तिनले सोलोमनलाई भने, “हे मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा भवन निर्माण गर्ने मेरो अभिप्राय थियो। तर परमप्रभुले मलाई मनाही गरेर भन्नुभयो, ‘तैंले धेरै रक्तपात र ठूला-ठूला युद्ध गरेको छस्। मेरो नाउँको निम्ति तैंले यो भवन निर्माण गर्नेछैनस्, किनभने मेरो दृष्टिमा तैंले पृथ्वीमा धेरै रक्तपात गरेको छस्। तर तेरो एउटा छोरो हुनेछ, जो शान्तिको मानिस हुनेछ। म चारैतिर त्यसका सबै शत्रुहरूबाट त्यसलाई शान्ति दिनेछु। त्यसको नाउँ सोलोमन हुनेछ। त्यसको राजकालमा म इस्राएललाई शान्ति र चैन दिनेछु। त्यसैले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ। त्यो मेरो छोरो हुनेछ, र म त्यसका पिता हुनेछु। अनि म इस्राएलमा सदासर्वदाको लागि त्यसको राज्यको सिंहासन स्थिर गर्नेछु’।
१ इतिहास 22 पढ्नुहोस्
सुन्नुहोस् १ इतिहास 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ इतिहास 22:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू