1
प्रकाश 21:4
नेपाली समकालीन संस्करण
उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब उप्रान्त त्यहाँ मृत्यु, शोक, विलाप अथवा कष्ट हुनेछैन; किनकि पुराना कुराहरू बितिसकेका छन्।”
तुलना
अन्वेषण गर्नुहोस् प्रकाश 21:4
2
प्रकाश 21:5
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँदैछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख, किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
अन्वेषण गर्नुहोस् प्रकाश 21:5
3
प्रकाश 21:3
अनि मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनें, “हेर! अब परमेश्वरको वास मानिसहरूसित भएको छ, अनि उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, अनि परमेश्वर आफै नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ।
अन्वेषण गर्नुहोस् प्रकाश 21:3
4
प्रकाश 21:6
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा, आदि र अन्त हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैंमा दिनेछु।
अन्वेषण गर्नुहोस् प्रकाश 21:6
5
प्रकाश 21:7
जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्वर र तिनीहरू मेरा सन्तान हुनेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 21:7
6
प्रकाश 21:8
तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, मन्त्रतन्त्र गर्नेहरू, मूर्तिपूजकहरू अनि सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”
अन्वेषण गर्नुहोस् प्रकाश 21:8
7
प्रकाश 21:1
तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखें,” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन।
अन्वेषण गर्नुहोस् प्रकाश 21:1
8
प्रकाश 21:2
अनि मैले पवित्र शहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैं सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखें।
अन्वेषण गर्नुहोस् प्रकाश 21:2
9
प्रकाश 21:23-24
त्यस शहरमा उज्यालो दिनको लागि घाम र जूनको आवश्यकता थिएन, किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, अनि थुमा नै त्यसको बत्ती हुनुहुन्छ। त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्डुल गर्नेछन्, अनि पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस शहरमा प्रवेश गर्नेछन्।
अन्वेषण गर्नुहोस् प्रकाश 21:23-24
होम
बाइबल
योजनाहरू
भिडियोहरू