“तर हाम्रा पुर्खाहरू अहङ्कारी र हठी भएर तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूका बीचमा गर्नुभएका अचम्मका कामहरू सुन्न र स्मरण गर्न इन्कार गरे। तिनीहरू हठी भएर आफ्नो विद्रोहमा तिनीहरूले आफ्ना दासत्वमा फर्किजानलाई एक जना अगुवा नियुक्त गरे। तर तपाईं त क्षमा दिनुहुने, अनुग्रही, दयालु, रिस गर्नमा ढिला र अचुक प्रेम गर्नमा अपार हुनुहुन्छ। यसैकारण तपाईंले पुर्खाहरूलाई त्याग्नुभएन।