1
मर्कूस 13:13
नेपाली समकालीन संस्करण
तिमीहरूलाई सबै मानिसहरूले मेरो निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यो नै बचाइनेछ।
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 13:13
2
मर्कूस 13:33
होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ।
अन्वेषण गर्नुहोस् मर्कूस 13:33
3
मर्कूस 13:11
जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेऊ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ त्यही भन; किनकि त्यो समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।
अन्वेषण गर्नुहोस् मर्कूस 13:11
4
मर्कूस 13:31
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिल्यै पनि नष्ट हुनेछैनन्।
अन्वेषण गर्नुहोस् मर्कूस 13:31
5
मर्कूस 13:32
“त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न ता पुत्रले, तर पिताले मात्र।
अन्वेषण गर्नुहोस् मर्कूस 13:32
6
मर्कूस 13:7
जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन त बाँकी नै छ।
अन्वेषण गर्नुहोस् मर्कूस 13:7
7
मर्कूस 13:35-37
“यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा, कि मध्यरातमा, कि भाले बास्दा, कि बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ। तिनी अचानक आए भने, तिनले तिमीहरूलाई सुतिरहेका नभेट्टाऊन्। म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”
अन्वेषण गर्नुहोस् मर्कूस 13:35-37
8
मर्कूस 13:8
जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुँइचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाको सुरुआतजस्तै मात्र हुन्।
अन्वेषण गर्नुहोस् मर्कूस 13:8
9
मर्कूस 13:10
अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ।
अन्वेषण गर्नुहोस् मर्कूस 13:10
10
मर्कूस 13:6
धेरैजना मेरो नाउँमा ‘म उही हुँ,’ भन्ने दाबी गर्दै आउनेछन्, अनि धेरैलाई धोका दिनेछन्।
अन्वेषण गर्नुहोस् मर्कूस 13:6
11
मर्कूस 13:9
“तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरू स्थानीय सभाहरूमा सुम्पिनेछौ, र सभाघरहरूमा कोर्रा लगाइनेछौ। मेरो कारणले गर्दा तिमीहरू साक्षीको रूपमा राज्यपालहरू अनि राजाहरूको सामुन्ने उभिनेछौ।
अन्वेषण गर्नुहोस् मर्कूस 13:9
12
मर्कूस 13:22
किनकि झूटा ख्रीष्टहरू अनि झूटा अगमवक्ताहरू देखा पर्नेछन्, र सम्भव भए चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र आश्चर्यपूर्ण कामहरू गर्नेछन्।
अन्वेषण गर्नुहोस् मर्कूस 13:22
13
मर्कूस 13:24-25
“तर ती दिनहरूमा, विपत्तिको तुरुन्तै पछि, “ ‘सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले आफ्नो ज्योति दिनेछैन, आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
अन्वेषण गर्नुहोस् मर्कूस 13:24-25
होम
बाइबल
योजनाहरू
भिडियोहरू