1
मीका 4:5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा सदासर्वदै हिँड्नेछौँ।
तुलना
अन्वेषण गर्नुहोस् मीका 4:5
2
मीका 4:2
धेरै राष्ट्रहरू आएर भन्नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट, र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्।
अन्वेषण गर्नुहोस् मीका 4:2
3
मीका 4:1
अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ; र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै मानिसहरू त्यसमा ओइरिएर आउनेछन्।
अन्वेषण गर्नुहोस् मीका 4:1
4
मीका 4:3
उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ, र टाढाका शक्तिशाली राष्ट्रहरूका वाद-विवाद सुल्झाउनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फालीहरू बनाउनेछन्, र भालाहरू पिटेर हँसियाहरू बनाउनेछन्। एउटा राष्ट्रले अर्को राष्ट्रको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि कहिल्यै युद्धका निम्ति तालिम दिनेछन्।
अन्वेषण गर्नुहोस् मीका 4:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू