“धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमी कपटीहरू! तिमीहरू आफ्ना मसलाहरू अर्थात् पुदिना, सुप र जीराका दशांश दिँदछौ, तर तिमीहरूले व्यवस्थाका अझ मुख्य कुराहरू, अर्थात् न्याय, दया र विश्वस्तताको अवहेलना गर्दछौ। तिमीहरूले पहिलोको अवहेलना नगरी दोस्रो पनि पालन गर्नुपर्नेथियो।