दाखमद्यले नमात्तिओ, किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ। बरु पवित्र आत्माले भरिपूर्ण होओ। भजन, स्तुतिगान र आत्मिकी गीतहरूमा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा, सधैं सबै कुराको निम्ति परमेश्वर पितालाई धन्यवाद चढाओ।