भोलिपल्ट बिहानै अश्दोदका मानिसहरू उठ्दा याहवेहको सन्दुकको सामु दागोनको मूर्ति जमिनमा घोप्टो परेर ढलिराखेको देखे! तिनीहरूले त्यसलाई उठाएर फेरि त्यसकै ठाउँमा राखे। अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो।