१ शमूएल 5:3-4
१ शमूएल 5:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिपल्ट जब अश्दोदका मानिसहरू उठे, उनीहरूले दागोनलाई परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए। तर भोलिपल्ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे, अनि त्यसको टाउको र दुई हातचाहिँ छिन्नभिन्न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्यहाँ रहेको थियो।
१ शमूएल 5:3-4 पवित्र बाइबल (NERV)
भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए। अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।
१ शमूएल 5:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट बिहान अश्दोदका मानिसहरूले दागोनको मूर्ति परमप्रभुको करारको सन्दुकको अघिल्तिर जमिनमा घोप्टो परेर लडिरहेको देखे। यसकारण तिनीहरूले मूर्ति उठाएर त्यसको ठीक ठाउँमा राखे। भोलिपल्ट बिहानै तिनीहरूले फेरि मूर्ति करारको सन्दुक अगाडि लडिरहेको देखे। यसपालिचाहिँ त्यसको टाउको र दुवै हात भाँचिएर ढोकामा पडिरहेको थियो र त्यसको जिउ मात्र बचेको थियो।