1
1 यूहन्ना 3:18
नेपाली समकालीन संस्करण
प्यारा साना नानीहरूहो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौं।
तुलना
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:18
2
1 यूहन्ना 3:16
प्रेम के हो भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौं; येशू ख्रीष्टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। अनि हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:16
3
1 यूहन्ना 3:1
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान कहलिएका छौं; अनि हामी त्यही हौं पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:1
4
1 यूहन्ना 3:8
जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्ट पार्नलाई हो।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:8
5
1 यूहन्ना 3:9
परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्वरको बीज त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्वरबाट जन्मिएको हो।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:9
6
1 यूहन्ना 3:17
यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र?
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:17
7
1 यूहन्ना 3:24
जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:24
8
1 यूहन्ना 3:10
परमेश्वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्ने कुरा हामीले यसैबाट जान्दछौं: जे ठीक छ त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्वरको सन्तान होइन।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:10
9
1 यूहन्ना 3:11
तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:11
10
1 यूहन्ना 3:13
त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान।
अन्वेषण गर्नुहोस् 1 यूहन्ना 3:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू