शाऊलले आफ्ना छोरा जोनाथन र उसका सबै अधिकारीहरूलाई दाऊदको हत्या गर्नु भने। तर जोनाथनले दाऊदलाई एक्दमै प्रेम गर्थे। जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु।”