१ शमूएल 19:9-10
१ शमूएल 19:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जब शाऊल आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसिरहेका थिए, तब परमप्रभुबाटको हानिकारक आत्माले उनलाई पक्र्यो। दाऊदचाहिँ वीणा बजाइरहेका थिए। शाऊलले दाऊदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाऊदले त्यस भालाको प्रहारलाई छले अनि त्यो भाला भित्तामा गाड़ियो। त्यही रात दाऊद सुरक्षासाथ भागे।
१ शमूएल 19:9-10 पवित्र बाइबल (NERV)
परमप्रभुबाटको दुष्ट आत्माले शाऊलमा प्रेवश गर्यो। शाऊल घरैमा बसिरहेका थिए। शाऊलको हातमा भाला थियो। दाऊदले वीणा बजाउँदै थिए। शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।
१ शमूएल 19:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन परमप्रभुले पठाउनुभएको दुष्टात्माले शाऊललाई अधीन गर्यो। तिनी आफ्नो घरमा हातमा एउटा भाला लिएर बसिरहेका थिए र दाऊद त्यहाँ बसेर वीणा बजाइरहेका थिए। भाला हानेर शाऊलले दाऊदलाई भित्तैमा टाँस्ने चेष्टा गरे; तर दाऊद तर्किए र भाला भित्तामा गाडियो। दाऊद उम्केर बाँचे।