1
मत्ती 26:41
सरल नेपाली पवित्र बाइबल
तिमीहरू ‘आइपर्ने जाँचको बेला पापमा नफसौं’ भनी जागै बसेर प्रार्थना गर। साँच्चै आत्माचाहिँ तयार छ, तर शरीर भने कमजोर छ।”
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 26:41
2
मत्ती 26:38
उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।”
अन्वेषण गर्नुहोस् मत्ती 26:38
3
मत्ती 26:39
उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्टो परी यसो भन्दै प्रार्थना गर्न लाग्नुभयो, “हे मेरा पिता, हुन सक्छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्छा त होइन, तपाईंकै इच्छा पूरा होस्।”
अन्वेषण गर्नुहोस् मत्ती 26:39
4
मत्ती 26:28
यो नयाँ करार जोड्ने मेरो रगत हो, जो धेरै मानिसको पाप मेट्नलाई बगाइनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 26:28
5
मत्ती 26:26
खाइरहनुभएको बेलामा येशूले रोटी लिएर परमेश्वरसँग आशीर्वाद मागी टुक्र्याउनुभयो अनि चेलाहरूलाई बाँडिदिँदै भन्नुभयो, “यो लिएर खाओ, यो मेरो शरीर हो।”
अन्वेषण गर्नुहोस् मत्ती 26:26
6
मत्ती 26:27
त्यसपछि उहाँले कचौरा पनि लिनुभयो अनि परमेश्वरलाई धन्यवाद चढाएर चेलाहरूलाई दिँदै भन्नुभयो, “यो तिमीहरू सबैले पिउनू।
अन्वेषण गर्नुहोस् मत्ती 26:27
7
मत्ती 26:40
येशू उठेर तीन जना चेलाहरू भएको ठाउँमा फर्केर आउनुहुँदा तिनीहरू निदाइरहेका भेट्टाउनुभयो। येशूले पत्रुसलाई भन्नुभयो, “के तिमीहरू एक घण्टा पनि मेरो लागि जागै बस्न सक्दैनौ?
अन्वेषण गर्नुहोस् मत्ती 26:40
8
मत्ती 26:29
म तिमीहरूलाई भन्छु, मेरो पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी नपिउञ्जेलसम्म म फेरि यो दाखमद्य पिउनेछैन।”
अन्वेषण गर्नुहोस् मत्ती 26:29
9
मत्ती 26:75
र “भाले बास्नुभन्दा अघि मलाई तीनपल्टसम्म चिन्दै चिन्दिनँ भनेर इन्कार गर्नेछौ,” भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे। उनी बाहिर गएर धुरुधरु रोए।
अन्वेषण गर्नुहोस् मत्ती 26:75
10
मत्ती 26:46
अब उठ, जाऔं! हेर, मलाई पक्राइदिने मानिस पनि आइसकेछ।”
अन्वेषण गर्नुहोस् मत्ती 26:46
11
मत्ती 26:52
तर येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारले नै मारिनेछन्।
अन्वेषण गर्नुहोस् मत्ती 26:52
होम
बाइबल
योजनाहरू
भिडियोहरू