राती मानिसहरू जब गहिरो निद्रामा परेका हुन्छन्,
परमेश्वर तिनीहरूसित सपना वा दर्शनद्वारा बोल्नुहुन्छ।
परमेश्वरले तिनीहरूलाई आफ्ना वचन सुनाउनुहुन्छ,
उहाँका चेतावनीहरू पाएर तिनीहरू डराउँछन्।
मानिसहरूलाई आफ्नो दुष्कर्म छोड्न लाउनलाई
र अहङ्कारी हुनदेखि रोक्नलाई परमेश्वर तिनीहरूसित बोल्नुहुन्छ।
परमेश्वरले तिनीहरूलाई नाश भएर जान दिनुहुन्न
र मृत्युबाट जोगाउनुहुन्छ।