1
यर्मिया 27:5
सरल नेपाली पवित्र बाइबल
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, तिमीहरूले आ-आफ्ना राजाहरूलाई भन कि मैले आफ्नो ठूलो शक्ति र बाहुबलले यो संसार, यसका मानिस र पृथ्वीमा बास गर्ने जन्तुहरू बनाएँ। अनि म जसलाई चुन्दछु, त्यसलाई यो संसार दिंदछु।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 27:5
2
यर्मिया 27:6
यी सबै जातिहरूलाई मेरो सेवक बेबिलोनका राजा नबूकदनेसरका अधीनमा दिने म नै हुँ र मैले जङ्गलका जनावरहरूलाई पनि उसको सेवा गर्न लाएको छु।
अन्वेषण गर्नुहोस् यर्मिया 27:6
3
यर्मिया 27:9
तिमीहरूलाई बेबिलोनका राजाको अधीनमा रहनुहुँदैन भन्ने आफ्नै अगमवक्ताहरूका कुरा तथा अरू सपना वा मरेका मानिसका आत्मा वा जादू, टुना-मुनाद्वारा भविष्य बताउन दाबी गर्ने कुनै पनि मानिसका कुरा नसुन।
अन्वेषण गर्नुहोस् यर्मिया 27:9
4
यर्मिया 27:22
ती सबै बेबिलोनमा लगिनेछन् र मैले फेरि लिन नपठाएसम्म त्यहीं रहनेछन्। त्यसपछि मैले ती सर-सम्पत्तिलाई फर्काई ल्याउनेछु र यरूशलेममा फेरि राख्नेछु। म परमप्रभु बोलेको छु।”
अन्वेषण गर्नुहोस् यर्मिया 27:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू