गिदोनले भने, “हजुर, यदि परमप्रभु हामीसँग हुनुहुन्छ भने यी सब कुरा किन हामीमाथि आइलागे? के यो सोध्न सक्छु? ती सबै उदेकका कुराहरू, जुन परमप्रभुले गर्नुभएको थियो भनी हाम्रा पिता-पुर्खाहरूले भन्थे– कसरी उहाँले हामीलाई मिश्रबाट निकाली ल्याउनुभएको थियो– ती सबै के भए? परमप्रभुले हामीलाई त्याग्नुभएको छ र हामीलाई मिद्यानीहरूका कृपामा छोडिदिनुभएको छ।”