एउटा सोर सुनिन्छ, “एउटा खबर जोडले सुनाऊ!”
“कस्तो खबर सुनाऊँ?” म सोध्दछु।
“सबै मानिसहरू घाँसजस्ता छन्,
तिनीहरूको आयु जङ्गलको फूलजस्तै छ भनी सुनाऊ।
घाँस सुकिजान्छ, फूल झरिहाल्छ
किनकि परमप्रभुले तीमाथि बतास बहाउनुहुन्छ,
साँच्चै मानिसहरू घाँसजस्ता छन्।