1
प्रस्थान 9:16
सरल नेपाली पवित्र बाइबल
तर मेरो शक्ति देखाउन मैले तिमीहरूलाई बाँच्न दिएको छु। यसरी सारा संसारमा मेरो नाम फैलिनेछ।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 9:16
2
प्रस्थान 9:1
परमप्रभुले मोशालाई भन्नुभयो, “राजाकहाँ जा र भन्, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले मेरो भक्ति गरून्।
अन्वेषण गर्नुहोस् प्रस्थान 9:1
3
प्रस्थान 9:15
मैले आफ्ना हात उठाएर तँ र तेरा प्रजामाथि रूढि पठाएको भए तिमीहरू सबै पूर्णरूपमा नाश हुने थियौ।
अन्वेषण गर्नुहोस् प्रस्थान 9:15
4
प्रस्थान 9:3-4
म तेरा सबै पशुहरू: घोडा, गधा, ऊँट, गाई-गोरु र भेडाबाख्राहरूमाथि डरलाग्दो रुढि पठाएर तँलाई दण्ड दिनेछु। इस्राएलीहरूका पशुलाई मिश्रीहरूका पशुदेखि म अलग गर्नेछु र इस्राएलीहरूका पशु मर्नेछैनन्।
अन्वेषण गर्नुहोस् प्रस्थान 9:3-4
5
प्रस्थान 9:18-19
भोलि यसै बेला यस्तो घनघोर असिना वर्षाउनेछु कि त्यस्तो असिना कहिल्यै मिश्रमा परेको थिएन। अब बाहिर मैदानतिर भएका तेरा गाई-वस्तु र अरू सबै थोक ओत लगाउने आज्ञा दे। बाहिर ओतबिना छोडिएका मानिस र पशुहरूमाथि असिना ओइरिनेछ र ती सबै मर्नेछन्।”
अन्वेषण गर्नुहोस् प्रस्थान 9:18-19
6
प्रस्थान 9:9-10
खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्नेछन्।” यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्जाइदियो। पिलो फुटेर घाउखटिरा भयो।
अन्वेषण गर्नुहोस् प्रस्थान 9:9-10
होम
बाइबल
योजनाहरू
भिडियोहरू