1
उपदेशक 2:26
सरल नेपाली पवित्र बाइबल
जसलाई मनपर्छ, उसलाई परमेश्वरले ज्ञान, बुद्धि र सुख दिनुहुन्छ तर पापीहरूलाई उहाँले परिश्रम गरी कमाउनु र कमाइबाट बचाउनुहुन्छ र त्यो बचाएको कमाइ पनि उहाँले जसलाई मनपर्छ, उसलाई नै दिनुहुन्छ। यी सबै व्यर्थ हुन्। यो हावालाई खेदेजस्तै मात्र हो।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 2:26
2
उपदेशक 2:24-25
मानिसको निम्ति खानु, पिउनु र आ-आफ्नो काममा सन्तोष पाउनु नै सबैभन्दा असल हो तर मैले यो पनि बुझें कि त्यो पनि परमेश्वरबाटै पाइन्छ। उहाँले दिनुभएन भने कसैले खानलाई भोजन पाउँदैन वा मन-मोजी गर्न सक्दैन।
अन्वेषण गर्नुहोस् उपदेशक 2:24-25
3
उपदेशक 2:11
तब मैले आफूले गरेका सबै काममाथि विचार गरें र कत्रो परिश्रम गरेर ती काम गरेको थिएँ, सो सोचें र देखें कि ती सबैको केही अर्थ रहेनछ, खालि हावालाई खेदेजस्तो मात्र रहेछ र ती सबै व्यर्थ रहेछन्।
अन्वेषण गर्नुहोस् उपदेशक 2:11
4
उपदेशक 2:10
आफूले चिताएको हरेक थोक मैले प्राप्त गरें। कुनै किसिमको सुख-विलास मैले छोडिनँ। आफूले गरेको हरेक काममा म गर्व गर्थें र यी कुराहरू मेरा मेहनतका फल थिए।
अन्वेषण गर्नुहोस् उपदेशक 2:10
5
उपदेशक 2:13
म जान्दछु, “बुद्धिमानी मूर्खताभन्दा उत्तम हो। त्यसरी नै उज्यालो अँध्यारोभन्दा उत्तम हो।
अन्वेषण गर्नुहोस् उपदेशक 2:13
6
उपदेशक 2:14
आफू कहाँ जाँदै छ, सो बुद्धिमान् मानिसले देख्न सक्छ तर मूर्खले देख्न सक्दैन।” तर म यो पनि जान्दछु कि ती दुवैलाई एउटै भाग्यले पर्खिरहेको हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 2:14
7
उपदेशक 2:21
तिमी आफ्ना पूरा ज्ञान, बुद्धि र सीप लाएर एउटा काम गर्छौ र सबै थोक अर्काको लागि, जसले केही मेहनत गरेको छैन, छोडेर जान्छौ। यो पनि व्यर्थ छ र ठूलो दुर्भाग्य हो!
अन्वेषण गर्नुहोस् उपदेशक 2:21
होम
बाइबल
योजनाहरू
भिडियोहरू