हे परमेश्वर, हामीतिर आफ्ना कान थाप्नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं। परमप्रभु, हाम्रो बिन्ती सुन्नुहोस्! परमप्रभु, हामीलाई क्षमा गर्नुहोस् परमप्रभु हाम्रो बिन्ती सुनेर त्योअनुसार काम गर्नुहोस्। तपाईंकै नाउँको खातिर अब ढीलो नगर्नुहोस्! यो सहर र यहाँका मानिसहरू तपाईंकै हुन्।”