दानिएलले उत्तर दिए, “महाराज, यहाँ कुनै सल्लाहकार वा मन्त्र-तन्त्र गर्ने वा जादूगर वा ज्योतिषी छैन, जसले हजुरलाई त्यो बताउन सक्छ। तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका अर्थहरू खोलिदिनुहुन्छ। उहाँले नै भविष्यमा के हुनेछ, त्यो महाराजालाई बताइदिनुभएको हो। अब म हजुरलाई त्यो सपना अथवा हजुरले सुतेका बेलामा देख्नुभएको दर्शन के थियो, सो बताउनेछु।