तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप् र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते र त्यसैमा उनिएर मरे। शाऊल मरेको त्यस केटाले देख्यो र त्यो आफैं पनि आफ्नै तरवारमा रोपियो र शाऊलसँगै मर्यो।