1
१ यूहन्ना 3:18
सरल नेपाली पवित्र बाइबल
मेरा बालक हो! हामीहरू बोली र कुराले मात्र प्रेम नगरौं, हाम्रो प्रेमचाहिँ साँचो हुनुपर्छ। यस्तो प्रेम कामद्वारा देखिन्छ।
तुलना
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:18
2
१ यूहन्ना 3:16
ख्रीष्टले हाम्रो लागि आफ्नो प्राण दिनुभयो। यसैकारण हामीले प्रेमलाई बुझेका छौं। हामीले पनि आफ्ना भाइहरूका लागि आफ्नो प्राण दिनुपर्छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:16
3
१ यूहन्ना 3:1
अहो, हामीलाई पिताले कति धेरै प्रेम गर्नुभएको छ! उहाँको प्रेमको कारणले हामी परमेश्वरका सन्तान भनिएका हौं अनि साँच्चै हौं पनि। संसारले परमेश्वरलाई नचिनेकोले हामीलाई पनि चिन्दैन।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:1
4
१ यूहन्ना 3:8
पाप गरिरहनेचाहिँ शैतानको मानिस हो। शैतानले सुरुदेखि नै पाप गर्दैआएको छ। यसकारण शैतानको कामलाई नाश पार्न परमेश्वरका पुत्र प्रकट हुनुभएको छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:8
5
१ यूहन्ना 3:9
परमेश्वरको बालकले पाप गरिरहँदैन किनभने उसमा परमेश्वरकै स्वभाव परेको हुन्छ। उसले पाप गरिरहनै सक्दैन किनभने परमेश्वर नै उसका पिता हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:9
6
१ यूहन्ना 3:17
संसारको धन-सम्पत्ति हुनेले आफ्नो भाइको खाँचो देखेर पनि मन कठोर पार्छ भने कसरी त्यस्तो मानिसले परमेश्वरलाई प्रेम गर्छ?
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:17
7
१ यूहन्ना 3:24
परमेश्वरका आज्ञाहरू मान्ने मानिस परमेश्वरमा नै रहन्छ र उसमा परमेश्वर रहनुहुन्छ। यसरी परमेश्वर हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले दिनुभएको आत्माबाट नै हामी थाहा पाउँछौं।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:24
8
१ यूहन्ना 3:10
परमेश्वरका सन्तान र शैतानका सन्तानलाई यसरी नै चिन्न सकिन्छ कि परमेश्वरको अघि ठीक काम नगर्ने र आफ्ना दाजुभाइलाई माया नगर्नेचाहिँ परमेश्वरको सन्तान होइन।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:10
9
१ यूहन्ना 3:11
एक-अर्कालाई प्रेम गर्नुपर्छ भन्ने कुरा तिमीहरूले पहिले नै सुनेका छौ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:11
10
१ यूहन्ना 3:13
भाइहरू हो, संसारका मानिसहरूले तिमीहरूलाई हेला गर्दा अचम्म नमान।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 3:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू