1
१ यूहन्ना 2:15-16
सरल नेपाली पवित्र बाइबल
संसार र संसारका कुराहरूलाई प्रेम नगर। कसैले संसारलाई प्रेम गर्छ भने उसले परमेश्वरलाई प्रेम गर्दैन। संसारमा भएका कुराहरू आँखाको लालच, शरीरको कुइच्छा र जीवनको घमण्ड– यी कुराहरू परमेश्वर पिताबाट आएका होइनन्। यी त संसारकै कुराहरू हुन्।
तुलना
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:15-16
2
१ यूहन्ना 2:17
संसार र संसारका कुइच्छाहरू नाश भएर जान्छन्, तर परमेश्वरको इच्छामा लागिरहने मान्छेचाहिँ सधैँभरि रहिरहन्छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:17
3
१ यूहन्ना 2:6
परमेश्वरमा छु भन्ने मानिसले ख्रीष्टकै जस्तो चालचलनमा हिँड्नुपर्छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:6
4
१ यूहन्ना 2:1
प्यारा बालकहरू हो, तिमीहरूले पाप नगर भनेर तिमीहरूलाई यो लेख्दै छु। तर कसैले पाप गरिहाल्यो भने पनि हाम्रो पक्षमा परमेश्वरसँग बिन्ती गरिदिनुहुने एक जना धार्मिक येशू ख्रीष्ट हामीसँग हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:1
5
१ यूहन्ना 2:4
कसैले उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञा मान्दैन भने त्यो झूटो हो अनि त्यसमा सत्य हुँदैन।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:4
6
१ यूहन्ना 2:3
हामीले उहाँको आज्ञा मान्ने गर्यौं भने साँच्चै हामीले उहाँलाई चिनेका रहेछौं भनेर थाहा हुन्छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:3
7
१ यूहन्ना 2:9
कसैले उज्यालोमा छु भन्छ तर आफ्नो भाइलाई नै हेला गर्छ भने त्यो अझै अन्धकारमा नै छ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:9
8
१ यूहन्ना 2:22
अनि झूटो को हो त? येशू ख्रीष्ट मुक्तिदिने राजा हुनुहुन्न भन्ने नै झूटो हो। त्यस्तो व्यक्ति नै ख्रीष्टविरोधी हो। यसले परमेश्वर पिता र पुत्र कसैलाई मान्दैन।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:22
9
१ यूहन्ना 2:23
पुत्रलाई नमान्नेले पितालाई नै मान्दैन अनि पुत्रलाई मान्नेले पितालाई पनि मान्दछ।
अन्वेषण गर्नुहोस् १ यूहन्ना 2:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू