1
इजकिएल 37:4-5
नेपाली नयाँ संशोधित संस्करण
तब उहाँले मलाई भन्नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’ यी हाड़हरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 37:4-5
2
इजकिएल 37:6
म तिमीहरूमा नसाहरू टाँसिदिनेछु, र तिमीहरूमा मासु बढ़ाइदिन्छु, र छालाले म ढाकिदिनेछु, र तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ’।”
अन्वेषण गर्नुहोस् इजकिएल 37:6
3
इजकिएल 37:3
उहाँले मलाई सोध्नुभयो, “हे मानिसको छोरो, के यी हाड़हरू फेरि जीवित हुन सक्छन्?” मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त केवल तपाईंले मात्र जान्नुहुन्छ।”
अन्वेषण गर्नुहोस् इजकिएल 37:3
4
इजकिएल 37:1-2
परमप्रभुको हात ममाथि पर्यो, अनि उहाँले मलाई परमप्रभुका आत्माद्वारा ल्याउनुभई हाड़ै-हाड़ भएको बेँसीमा राख्नुभयो। उहाँले मलाई ती हाड़हरू भरिएको बीचमा तल-माथि लानुभयो, र मैले त्यस बेँसीको जमिनमा थुप्रै हाड़हरू देखें। ती हाड़हरू असाध्य सुकेका थिए।
अन्वेषण गर्नुहोस् इजकिएल 37:1-2
5
इजकिएल 37:7-8
यसैले उहाँले आज्ञा गर्नुभएझैँ मैले अगमवाणी गरें। जब मैले अगमवाणी गर्दैथिए, तब त्यहाँ कर्याककुरुक आवाज भयो, र ती हाड़हरू एक-अर्कोसित जोड़िन लागे। अनि मैले हेर्दाहेर्दै तिनमा नसा र मासु भरिए र ती छालाले ढाकिए, तर तिनमा सासचाहिँ थिएन।
अन्वेषण गर्नुहोस् इजकिएल 37:7-8
होम
बाइबल
योजनाहरू
भिडियोहरू