मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्यालो थियो। त्यस आगोको माझ जल्दो धातुझैँ देखिन्थ्यो, र आगोमा चार जीवित जीवात भएजस्तो केही देखा पर्यो। तिनीहरूको आकृति हेर्दा एक जना मानिसको जस्तै देखिन्थ्यो, तर हरेकका चार मोहड़ा र चार पखेटा थिए। तिनीहरूका गोड़ा सीधा थिए, तिनीहरूका खुट्टा बाछाका खुरजस्ता थिए। ती टल्काइराखेका काँसाजस्तै टल्कन्थे। तिनीहरूका पखेटामुनि चारैतिर मानिसको जस्ता हातहरू थिए। ती चारै जीवातका मोहड़ा र पखेटाहरू थिए, र तिनीहरूका पखेटा एउटाले अर्कोलाई छोएको थियो। कतैतिर लाग्दा हरेक नै सोझै अगाड़ि हिँड्थ्यो। तिनीहरू यताउता फर्कंदैनथिए।