1
उपदेशक 3:1
नेपाली नयाँ संशोधित संस्करण
सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 3:1
2
उपदेशक 3:2-3
जन्मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्ने एउटा समय छ, र उखेल्ने एउटा समय। मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्काउने एउटा समय छ, र बनाउने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:2-3
3
उपदेशक 3:4-5
रुने एउटा समय छ, र हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा समय। ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय। अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:4-5
4
उपदेशक 3:7-8
च्यात्ने एउटा समय छ, र मरम्मत गर्ने एउटा समय। चूप लाग्ने एउटा समय छ, र बोल्ने एउटा समय। प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:7-8
5
उपदेशक 3:6
खोज्ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्ने एउटा समय छ, र फाल्ने एउटा समय।
अन्वेषण गर्नुहोस् उपदेशक 3:6
6
उपदेशक 3:14
मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ। त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भनी परमेश्वर यसो गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 3:14
7
उपदेशक 3:17
मैले आफ्नो मनमा विचार गरें, “परमेश्वरले धर्मी र दुष्ट दुवैलाई न्यायमा ल्याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”
अन्वेषण गर्नुहोस् उपदेशक 3:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू