1
२ राजाहरू 6:17
नेपाली नयाँ संशोधित संस्करण
तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्।” तब परमप्रभुले त्यस चाकरको आँखा खोलिदिनुभयो, र त्यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्निमय घोड़ाहरू र रथहरूले भरिएका देख्यो।
तुलना
अन्वेषण गर्नुहोस् २ राजाहरू 6:17
2
२ राजाहरू 6:16
ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्दा धेरै छन्।”
अन्वेषण गर्नुहोस् २ राजाहरू 6:16
3
२ राजाहरू 6:15
जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”
अन्वेषण गर्नुहोस् २ राजाहरू 6:15
4
२ राजाहरू 6:18
जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्धा पारिदिनुहोस्।” एलीशाले बिन्ती गरेझैँ उहाँले उनीहरूलाई अन्धा पारिदिनुभयो।
अन्वेषण गर्नुहोस् २ राजाहरू 6:18
5
२ राजाहरू 6:6
ती परमेश्वरका जनले सोधे, “त्यो कहाँ खस्यो?” जब उनले तिनलाई यो ठाउँ देखाइदिए, तब एलीशाले एउटा लट्ठी काटेर त्यहाँ हालिदिए, र त्यो बन्चरो माथि उत्रँदै निस्क्यो।
अन्वेषण गर्नुहोस् २ राजाहरू 6:6
6
२ राजाहरू 6:5
एउटा रूख काट्दाकाट्दै एक जनाको बन्चरो बीँड़बाट खुस्केर पानीभित्र खस्यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्याएको बन्चरो पो थियो।”
अन्वेषण गर्नुहोस् २ राजाहरू 6:5
7
२ राजाहरू 6:7
तब तिनले भने, “उठाएर लैजाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर त्यो उठाएर लगे।
अन्वेषण गर्नुहोस् २ राजाहरू 6:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू