आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके। जब तिनले प्रार्थना गरे, तब परमेश्वरले तिनको अर्ज-बिन्ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्नुभयो। तब मनश्शेलाई परमप्रभु नै परमेश्वर हुनुहुँदोरहेछ भन्ने थाहा भयो।