1
१ कोरिन्थी 9:25-26
नेपाली नयाँ संशोधित संस्करण
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं। यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।
तुलना
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 9:25-26
2
१ कोरिन्थी 9:27
तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु।
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 9:27
3
१ कोरिन्थी 9:24
के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 9:24
4
१ कोरिन्थी 9:22
दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्ति म सब थोक बनें।
अन्वेषण गर्नुहोस् १ कोरिन्थी 9:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू