YouVersion logo
Ikona pretraživanja

उत्पत्ति 6

6
संसारमा दुष्‍टता
1जब पृथ्वीमा मानिसहरूको संख्या बढ्न थाल्यो र तिनीहरूका छोरीहरू जन्मिए; 2तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई राम्री देखे; र तिनीहरूले आ-आफूले चुनेकाहरूसित विवाह गरे। 3तब याहवेहले भन्‍नुभयो, “मेरो आत्माले सदाको निम्ति मानिससित विवाद#6:3 अथवा मेरो आत्मा रहिरहनेछैन। गर्नेछैन; किनकि तिनीहरू मरणशील हुन्; त्यसको आयु एक सय बीस वर्ष हुनेछ।”
4ती दिनहरूमा पृथ्वीमा नेफिलीमहरू#6:4 अथवा ठूला र बलिया मानिसहरू गन्ती 13:33 मा पनि थिए; र त्यसपछि पनि, जब परमेश्‍वरका छोराहरू मानिसहरूका छोरीहरूकहाँ गए; अनि तिनीहरूबाट छोराछोरीहरू जन्मिए। तिनीहरू पुरानो समयका बलिया-बलिया र नाम चलेका पुरुषहरू थिए।
5याहवेहले पृथ्वीमा मानिसहरूको दुष्‍टता ज्यादा बढेको, र तिनीहरूको हृदयको विचार हरबखत दुष्‍टतातिर मात्रै ढल्केको देख्नुभयो। 6पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा याहवेहले अफसोस गर्नुभयो; र उहाँको हृदय असाध्यै दुःखित भयो। 7यसकारण याहवेहले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिस जातिलाई—अनि तिनीहरूसँगै जनावरहरू, र आकाशका चराहरू र जमिनमा घस्रने प्राणीहरू, सबैलाई पृथ्वीबाट म नामनिशानै मेटिदिनेछु—किनकि तिनीहरूलाई बनाएकोमा मलाई अफसोस लागेको छ।” 8तर नोआले चाहिँ याहवेहको दृष्‍टिमा अनुग्रह प्राप्‍त गरेका थिए।
नोआ र जलप्रलय
9नोआ र उनको परिवारको विवरण यही हो:
नोआ एक धर्मी मानिस थिए। आफ्नो पुस्ताका मानिसहरूको बीचमा तिनी निर्दोष मानिस थिए। तिनी विश्‍वासयोग्ताका साथ परमेश्‍वरसँग रहन्थे। 10नोआका तीन छोराहरू थिए: शेम, हाम र येपेत।
11परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको, र हिंसाले भरिएको थियो। 12परमेश्‍वरले पृथ्वी अति भ्रष्‍ट भएको देख्नुभयो; किनकि पृथ्वीका सबै मानिसहरू आफ्ना चालहरूमा भ्रष्‍ट भएका थिए। 13यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “म सबै मानिसहरूको अन्त्य गर्दैछु; किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। म निश्‍चय नै तिनीहरू र पृथ्वीलाई नष्‍ट गर्दैछु। 14यसकारण तैँले आफ्नो निम्ति गोपेर काठको एउटा जहाज बनाउनू; अनि त्यसमा कोठाहरू बनाएर त्यसलाई भित्र र बाहिर अलकत्रले लिप्नू। 15तैँले त्यसलाई यसरी बनाउनू—त्यो जहाज तीन सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट#6:15 लगभग 450 फिट लामो, 75 फिट चौडा र 45 फिट अग्लो अल्गो होस्। 16त्यसको छानो बनाउनू र छानामुनि वरिपरि एक क्यूबिट#6:16 लगभग 18 इन्च खुल्‍ला छोड्नु। जहाजको एक छेउमा एउटा ढोका राख्नू र, तल्‍लो, बीचको र माथिल्‍लो तला भएको बनाउनू। 17म आकाशमुनि भएका सम्पूर्ण प्राणीहरू, जीवनको सास हुने प्रत्येक प्राणीलाई नाश गर्नका निम्ति पृथ्वीमा जलप्रलय ल्याउनेछु। पृथ्वीमा भएको प्रत्येक चीज नष्‍ट हुनेछ। 18तर तँसितचाहिँ म मेरो करार स्थापित गर्नेछु; अनि तँ जहाजभित्र पस्‍नेछस्—तँ र तेरा छोराहरू, तेरी पत्नी र तेरा बुहारीहरू पनि। 19तँसित जीवित रहनलाई आफूसितै भाले र पोथी गरेर सबै जीवित प्राणीहरूका एक-एक जोडीलाई जहाजभित्र लैजानू। 20हरेक प्रकारका चराचुरुङ्गी, हरेक प्रकारका जनावर, र जमिनमा चलहल गर्ने हरेक प्रकारको प्राणीको एक-एक जोडी गरी तँसित जीवित रहनलाई आउनेछन्। 21तैँले आफ्ना निम्ति र तिनीहरूका निम्ति हरेक प्रकारका खानेकुरा लैजा, र जम्मा पारिराख्।”
22नोआले परमेश्‍वरले तिनलाई आज्ञा गर्नुभएअनुसार सबै गरे, हो, उनले त्यो गरे।

Istaknuto

Podijeli

Kopiraj

None

Želiš li svoje istaknute stihove spremiti na sve svoje uređaje? Prijavi se ili registriraj