उत्पत्ति 11

11
बाबेलको धरहरा
1त्यस बेला सारा संसारभरि एउटै भाषा र एकै खालको बोली थियो। 2मानिसहरू जब पूर्वतिर सर्दै गए, तिनीहरूले शिनार#11:2 यो शिनार देश, त्यो समयको बेबिलोन थियो। देशमा एउटा समथल भूमि भेट्टाए; र त्यहीँ बसोबास गर्न थाले।
3तिनीहरूले आपसमा भने, “आओ, हामी इँटा बनाऔँ र त्यसलाई पोलेर कडा बनाऔँ।” तिनीहरूले ढुङ्गाको सट्टामा इँटा र मसलाको रूपमा अलकत्रा प्रयोग गरे। 4त्यसपछि तिनीहरूले भने, “आओ, हामी आफ्ना निम्ति एउटा सहर बनाऔँ, र स्वर्गसम्म पुग्ने एउटा धरहरा बनाऔँ; अनि आफ्नो नाम राखौँ, नत्रता हामी सारा पृथ्वीभरि छरपस्ट हुनेछौँ।”
5तब मानिसहरूले बनाउँदै गरेका सहर र त्यस धरहरा हेर्न भनी याहवेह तल ओर्लनुभयो। 6त्यसपछि याहवेहले भन्‍नुभयो, “यी मानिसहरूको बोल्ने एउटै भाषा भएको कारण तिनीहरूले यो काम गर्न थालेका छन्; अब तिनीहरूले जे गर्नका निम्ति योजना बनाएका छन्, तिनीहरूका निम्ति केही पनि असम्भव हुनेछैन। 7आओ, हामी तल जाऔँ, र तिनीहरूको भाषा खलबल पारिदिऔँ, ताकि तिनीहरूले एक-अर्काको बोली नबुझून्।”
8यसरी याहवेहले तिनीहरूलाई त्यहाँबाट सारा पृथ्वीभरि छरपस्ट पारिदिनुभयो; अनि तिनीहरूले त्यो सहर बनाउने काम अधुरै छोडे। 9त्यसकारण त्यस सहरलाई बाबेल#11:9 बाबेल मूल भाषामा अलमल भनिन्छ—किनकि यहीँ नै याहवेहले पृथ्वीका सारा मानिसहरूको भाषा खलबल पारिदिनुभएको थियो। तब त्यहाँबाटै याहवेहले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो।
शेमदेखि अब्रामसम्म
10शेमका वंशको विवरण यही हो:
जलप्रलयको दुई वर्षपछि जब शेम 100 वर्ष पुगे, तब तिनी अर्पक्षदका पिता#11:10 पिता अथवा पुर्खा; 11‑25। भए। 11अनि तिनी अर्पक्षदका पिता भएपछि, शेम 500 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
12जब अर्पक्षद 35 वर्ष पुगे, तिनी शेलहका पिता भए। 13अनि तिनी शेलहका पिता भएपछि, अर्पक्षद 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू जन्मिए।
14जब शेलह 30 वर्ष पुगे, तिनी एबेरका पिता भए। 15अनि तिनी एबेरका पिता भएपछि शेलह 403 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
16जब एबेर 34 वर्ष पुगे, तिनी पेलेगका पिता भए। 17अनि तिनी पेलेगका पिता भएपछि एबेर 430 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
18जब पेलेग 30 वर्ष पुगे, तिनी रऊका पिता भए। 19अनि तिनी रऊका पिता भएपछि, पेलेग 209 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
20जब रऊ 32 वर्ष पुगे, तिनी सरूगका पिता भए। 21अनि तिनी सरूगका पिता भएपछि रऊ 207 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
22जब सरूग 30 वर्ष पुगे, तिनी नाहोरका पिता भए। 23अनि तिनी नाहोरका पिता भएपछि सरूग 200 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
24जब नाहोर 29 वर्ष पुगे, तिनी तेरहका पिता भए। 25अनि तिनी तेरहका पिता भएपछि नाहोर 119 वर्ष बाँचे; र तिनका अरू छोराछोरीहरू भए।
26जब तेरह 70 वर्ष पुगे, तिनी अब्राम, नाहोर र हारानका पिता भए।
अब्रामका वंशहरू
27तेरहका वंशको विवरण यही हो:
तेरहचाहिँ अब्राम, नाहोर र हारानका पिता भए; अनि हारान लोतका पिता भए। 28आफ्ना पिता तेरह जीवित छँदै हारान आफू जन्मेको ठाउँ कल्दीहरूको ऊरमा मरे। 29अब्राम र नाहोर दुवैले विवाह गरे। अब्रामकी पत्नीको नाम साराई थियो; अनि नाहोरकी पत्नीको नाम मिल्का थियो; यिनीचाहिँ हारानकी छोरी थिइन्, जो मिल्का र यिस्का दुवैका पिता थिए। 30अब साराईचाहिँ बाँझी थिइन्; अनि तिनको कुनै सन्तान थिएन।
31तेरहले अब्राम, आफ्नो नाति हारानको छोरा लोत र आफ्नी बुहारी साराई, अर्थात् आफ्नो छोरा अब्रामकी पत्नीलाई साथमा लिए; र कनान देशमा जानका निम्ति कल्दीहरूको ऊरबाट निस्के। तर हारानमा आइपुगेपछि तिनीहरू त्यहीँ बसोबास गर्न थाले।
32तेरह 205 वर्ष बाँचे; अनि तिनी हारानमै मरे।

હાલમાં પસંદ કરેલ:

उत्पत्ति 11: NCV

Highlight

શેર કરો

નકલ કરો

None

Want to have your highlights saved across all your devices? Sign up or sign in